२०८२ असार ७ गते शनिवार / Jun 21 , 2025 , Saturday
२०८२ असार ७ गते शनिवार
Ads

सामूहिक खेतीबाट लाखौं आम्दानी गर्दै किसान

shivam cement
सुर्य प्रसाद भुसाल
२०८२ वैशाख २१ गते २२:०४
सामूहिक खेतीबाट लाखौं आम्दानी गर्दै किसान

प्यूठान : प्यूठानको ऐरावती गाँउपालिका वडा नं. १ कि आस्था आचार्यको बारीमा यतिबेला लटरम्म तरकारी फलेका छन् । 

तरकारी खेतीबाटै आस्थाले वार्षिक तीन लाखसम्म आम्दानी गर्दै आएकी छन् । उनको खेतवारीमा काक्रा, करेला, टमाटर, घिरौला, बोडी लगायतका  मौसमी तथा बेमौसमी हरिया तरकारी प्रशस्त पाउन सकिन्छ ।

तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि आचार्यको  परिवार उत्पादन र बजारीकरणमा व्यस्त भएका छन् । उत्पादित तरकारी स्थानीय बजारसँगै प्यूठानको खलंगा   बिजुवार बाग्दुल्ला अर्घाखाँचीको ठाडामा पुर्‍याएर बिक्रीवितरण गर्ने गरेको र बजारको कुनै समस्या नभएको  आस्थाका श्रीमान टिकाराम आचार्यले जानकारी दिए ।

काक्रा,करेला,घिरौला जस्ता तरकारी प्रति किलो १ सय ५० सम्ममा स्थानीय तथा अमराई बजारमा बिक्री भइरहेको उनको भनाइ छ ।  

आचार्य परिवार मात्र होइन्  ऐरावती गाउँपालिका १ डाब्र माझिदमारका अधिकांश कृषक अहिले व्यवसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् । 

समथर भू–भाग, सिँचाइको राम्रो व्यवस्था,बजारको सम्भावना भएका कारण पनि त्यहाँका किसानहरुको  तरकारी खेतीतर्फ आकर्षण बढ्दै गएको वडा नम्बर १ का अध्यक्ष अमर रेश्मी बताउँछन् ।

डाब्र माझिदमार क्षेत्रका कृषकको चाहना र सम्भावनालाई मध्यनजर गरी झिमरुक स्वावलम्बी महिला कृषक समूह निर्माण गरी सो क्षेत्रमा व्यवसायिक तरकारी खेती उत्पादन गर्न समुहलाई प्रेरित गरिएसँगै कृषकहरु तरकारी उत्पादनमा सक्रिय बन्दै आएका हुन् ।

३०  जना सदस्य रहेको समूहका सबै सदस्यले व्यवसायिक रुपमै तरकारी उत्पादन गरेको समूह अध्यक्ष मञ्जु सुवेदीले जानकारी दिइन् । 

प्यूठानको  ऐरावती गाउँपालिकामा, हेफर प्रोजेक्ट नेपालको सहयोगमा मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रद्वारा सञ्चालित परियोजनामार्फत बिउपल, टनेल, प्राविधिक ज्ञान तथा निरन्तर सहयोग पाएका कारण आफुहरु व्यवसायीक मौसमी तथा बेमौसमी तरकारी खेती गर्ने किसान बन्न सकिएको अध्यक्ष सुवेदीको भनाइ छ ।

हरिया काक्रा,लौका,घिरौला,करेला जस्ता तरकारी खान साउन भदौ कुर्नुपर्ने त्यहाँका किसान अहिले आफ्नै बारीमा फलाएर बेच्न पाउँदा निकै खुसी भएको बताउँछन् । 

गाउँपालिकाले सञ्चालन गरेको परियोजना र त्यसबाट कृषकमा परेको प्रभावको अध्ययन सल्लाह सुझाव तथा हौसला प्रदान गर्ने उद्देश्यले परियोजना क्षेत्र अवलोकन गर्ने गाउँपालिकाका उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठसहितका  जनप्रतिनिधि  किसानको खेतबारीमा पुग्दा उनीहरु हर्षित भएका थिए ।  

अवलोकनका क्रममा तरकारी बालीमा देखिएका समस्या तथा आगामी योजनाका बारेमा सम्बन्धित शाखाबाट सल्लाह सुझाव समेत प्रदान गरिएको हेफर  परियोजनाका कारण स्थानीयबासीको दैनिकी फेरिएको  गाउँपालिका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले बताए ।

महिलाको आर्थिक समृद्धि बिना गाउँपालिकाको लक्ष्य पूरा नहुने भन्दै उनले उत्पादनसँगै संस्थागत बजारीकरणमा पालिका लागि रहेको दाबी गरेको हेफर परियोजनाका प्रमुख नेत्रप्रसाद मरासिनीले बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise