२०८२ वैशाख २० गते शनिवार / May 03 , 2025 , Saturday
२०८२ वैशाख २० गते शनिवार
Ads

स्वास्थ्यमन्त्रीको चेतावनी : आठौं तह सरह भत्ता नदिने मेडिकल कलेजको सम्बन्धन खारेज हुन सक्छ

मध्यान्ह
२०८२ वैशाख १९ गते १३:२६
स्वास्थ्यमन्त्रीको चेतावनी : आठौं तह सरह भत्ता नदिने मेडिकल कलेजको सम्बन्धन खारेज हुन सक्छ

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य मन्त्रालयको आठौं तह सरह आवासीय चिकित्सकलाई भत्ता नदिने निजी मेडिकल कलेजहरुलाई मन्त्रालयबाट दिइने कुनैपनि सुविधा नदिने बताएका छन् ।

शुक्रबार मन्त्रालयमा चिकित्सक संघसँग उनीहरुका माग सम्बन्धमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले यस्तो चेतावनी दिएका हुन् । उनले चिकित्सा शिक्षा आयोगको माघ २५ गतेको बैठकले आवासीय चिकित्सकहरुलाई निर्वाह भत्ता स्वरुप स्वास्थ्य मन्त्रालयको आठौं तह सरह भत्ता दिने भनेर निर्णय गरेको र उक्त निर्णय मान्नैपर्ने बताए ।

उनले चिकित्सा शिक्षा आयोगले गरेको यो निर्णय कार्यान्वयन गर्नैपर्ने बताए । उक्त निर्णय नमान्ने हो भने राज्यसँगका कुनैपनि सम्बन्ध रहने स्थिति नहुने उनले बताए । सम्बन्धन नै पनि खारेज हुने स्थिति आउने उनले चेतावनी दिए । हप्तामा ७२ घण्टा काम गरे पुग्ने स्थिति बनाउन, किरिया बिदा, सरकारी बिदा दिने कुराको व्यवस्थापन गर्न पनि मन्त्रालय सकारात्मक रहेको उनले बताए ।

मन्त्री पौडेलले चिकित्सा शिक्षा आयोगले गरेको निर्णय स्वास्थ्य मन्त्रालयले कार्यान्वयन गर्ने बताए । उनले मन्त्रालयसँग सम्बन्धित सबैलाई कार्यान्वयन गर्न निर्देशन दिने बताए ।

ADV

सम्बन्धित खबर