२०८२ वैशाख १९ गते शुक्रवार / May 02 , 2025 , Friday
२०८२ वैशाख १९ गते शुक्रवार
Ads

मुटु रोग परीक्षण शिविरबाट सात सय ८० जना लाभान्वित

मध्यान्ह
२०८२ वैशाख १९ गते ०८:४५
मुटु रोग परीक्षण शिविरबाट सात सय ८० जना लाभान्वित

तनहुँ : शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा बिहीबार आयोजित नि:शुल्क मुटु रोग परीक्षण तथा उपचार शिविरबाट ७८० जना लाभान्वित भएका छन् । 

केन्द्रको आयोजना तथा सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा नि:शुल्क इसिजी सेवा, भिडियो एक्सरे सेवा, मधुमेह परीक्षण गरिएको थियो ।

 हृदयरोग केन्द्रका ११ जनाको स्वास्थ्यकर्मी टोलीलाई जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका चिकित्सकले सघाएका थिए । जटिल समस्या भएका बिरामीलाई थप उपचारका निम्ति  हृदय केन्द्रमा जान सुझाव दिइएको थियो । 

ADV

सम्बन्धित खबर