२०८२ असोज १ गते बुधवार / Sep 17 , 2025 , Wednesday
२०८२ असोज १ गते बुधवार
Ads

नेपाल विज्ञापन संघ र बोर्डद्वारा कार्यशाला सम्पन्न

shivam cement
मध्यान्ह
२०८१ असार २१ गते २२:०१
नेपाल विज्ञापन संघ र बोर्डद्वारा कार्यशाला सम्पन्न

काठमाडौं : नेपाल विज्ञापन संघ र विज्ञापन बोर्डको संयुक्त आयोजनामा विज्ञापन कार्यशाला सम्पन्न भएको छ । दुई संस्थाको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय प्रशिक्षक भरत अभालानी तथा स्थानीय सहजकर्ता एवं विज्ञ रन्जितराज आचार्य, दिपेन्द्र टण्डन, उजय शाक्य तथा विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईंको प्रस्तुतीमा कार्यशाला सम्पन्न भएको हो । 

कार्यशालामा प्रशिक्षकहरुले विज्ञापन, ब्रान्ड र मार्केटिङमाथि कार्यपत्र पेश गरेका थिए । कार्यशालामा मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकार तथा आन अध्यक्ष सुदिप थापाले कार्यक्रममा सहभागीलाई धन्यबाद दिएका थिए । 

नेपाल टेलिकम तथा पर्यटन बोर्डको विशेष सहभागिता रहेको कार्यशालामा विज्ञापन एजेन्सी तथा सञ्चारमाध्यमका प्रतिनिधिहरु सहित एक सय २० जनाको सहभागिता रहेको थियो । नेपाल विज्ञापन संघ र विज्ञापन बोर्ड आयोजक रहेको कार्यशालामा नेपाल टेलिभिजन र राष्ट्रिय बाणिज्य बैंक लिमिटेड सहयोगी संस्थाको रुपमा रहेका थिए । 

कार्यशालामा विज्ञापन व्यवसायी, विज्ञापनदाता र सञ्चार माध्यमबीच घनिभुत सहकार्य गर्ने र नवप्रर्वतक उद्यम स्टार्ट अपलाई विज्ञापनकर्मी तथा सञ्चार माध्यमले प्राथमिकता राखी प्रर्वद्धन गर्नेमा छलफल भएको थियो । साथै, कार्यक्रममा सहभागीहरुबाट आएका उत्कृष्ट तीन विषयवस्तुलाई विज्ञापन व्यवसायी तथा सञ्चार माध्यमले अगाडि बढाउने निर्णय भएको जनाइएको छ ।

ADV

सम्बन्धित खबर

Advertise