२०८२ जेठ ५ गते सोमवार / May 19 , 2025 , Monday
२०८२ जेठ ५ गते सोमवार
Ads

सैदी पावर कम्पनीले स्थानीयका लागि शेयर जारी गर्ने

मध्यान्ह
२०८१ असार १९ गते २०:४६
सैदी पावर कम्पनीले स्थानीयका लागि शेयर जारी गर्ने

काठमाडौं : सैदी पावर कम्पनीले स्थानीयका लागि शेयर जारी गर्ने भएको छ । कम्पनीले प्रति शेयर एक सय रुपैयाँ अंकित दरको एक लाख ७० हजार ४९ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरु तथा सर्वसाधारणहरुमा निष्कासन गर्ने भएको हो । 

सोका लागि कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । उक्त सम्झौता—पत्रमा सैदी पावर कम्पनी लिमिटेडका तर्फबाट सञ्चालक समितीका अध्यक्ष कुशल थापा तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरे ।

ADV

सम्बन्धित खबर