२०८२ वैशाख २३ गते मङ्गलवार / May 06 , 2025 , Tuesday
२०८२ वैशाख २३ गते मङ्गलवार
Ads

मलेसियामा भीषण आगलागी 

मध्यान्ह
२०८१ चैत १९ गते १०:१३
मलेसियामा भीषण आगलागी 

मलेसिया : मलेसियाको राजधानी क्वालालम्पुर नजिकै रहेको सेलाङ्गोर राज्यको पुत्रा हाइट्समा मंगलबार ग्यास पाइपलाइनभित्र आगलागी हुँदा ठूलो विस्फोट भएको छ । पेट्रोनास ग्यास पाइपलाइनमा चुहिएर आगलागी भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले उल्लेख गरेका छन् । 

मलेसियाका अग्नि विभागका निर्देशक वान मोहम्मद रजाली वान इस्माइलले अग्नि नियन्त्रकहरूलाई उद्धार कार्यको लागि आगलागी भएको ठाउमा पठाइसकिएको जानकारी दिए । 

इन्जिन, मेडिकल रेस्पोन्स गाडी, पानी ट्याङ्करसहित अग्नि उद्धार टोलीहरू घटनास्थल पठाइएको अंग्रेजी पत्रिका द स्टारले उल्लेख गरेको छ । दुर्घटनाबाट भएको हताहतको पुष्टि गर्न बाँकी छ ।

ADV

सम्बन्धित खबर