२०८३ कार्तिक १५ गते आइतवार / Nov 01 , 2026 , Sunday
२०८३ कार्तिक १५ गते आइतवार

यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने घिमिरेको अभिव्यक्तिप्रति आपत्ति

Nada
२०८१ चैत ४ गते १२:३०
Shares
यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने घिमिरेको अभिव्यक्तिप्रति आपत्ति

काठमाडौंः नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले नेपाली कांग्रेसका प्रमुख सचेतक तथा सांसद श्याम घिमिरेले यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने भनेर संसद्मा राखेको अभिव्यक्तिमाथि आपत्ति जनाएकी छन् । 

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो अभिव्यक्तिले समाजलाई अराजकतातिर पुर्‍याउने भन्दै उक्त भनाइलाई रेकर्डबाट हटाउनको लागि रुलिङको माग गरिन् । 

उनले भनिन्,‘हिजो सत्ता पक्षका माननीयज्यूले यौन व्यवसायलाई कानुन बनाइ मान्यता दिएर पर्यटकलाई आकर्षणगरी अर्थ पार्जन गरौं भन्ने कुरा दोस्रो पटक यस संसद्मा उठाउनु आपत्तिजनक कुरा हो । यस्तो चिन्तनको घोर भत्र्सना गर्दछु । यस्तो विचारले अनुशासित र मर्यादीत रुपमा रहेको समाजलाई अराजकतातिर पुर्‍याउँछ । त्यसैले यो भनाइलाई रेकर्डबाट हटाउनको लागि रुलिङको माग गर्दछु ।’

सांसद घिमिरेले आइतबार मुलुकको अर्थतन्त्र सुधारको लागि र पर्यटकको संख्या बढाउन यौन व्यवसायलाई व्यवसायीकरण गर्नुपर्ने धारणा राखेका थिए । 
 

सम्बन्धित खबर