२०८२ जेठ ५ गते सोमवार / May 19 , 2025 , Monday
२०८२ जेठ ५ गते सोमवार
Ads

एनसेलको अगुवाइमा ‘वन युथ वन प्लान्ट’ अभियान शुरु

मध्यान्ह
२०८१ असार १५ गते २०:५६
एनसेलको अगुवाइमा ‘वन युथ वन प्लान्ट’ अभियान शुरु

काठमाडौं : ‘राष्ट्रिय वृक्षारोपण दिवस २०८१’ को अवसरमा वातावरण संरक्षण गर्ने उद्देश्यले एक युवा, एक विरुवा अर्थात वन युथ वन प्लान्ट अभियानको औपचारिक रुपमा शुरुवात भएको छ । नेपाल युवा परिषद्, एनसेल र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) नेपालको संयुक्त आयोजनामा नुवाकोटको बिदुर नगरपालिकाबाट यो अभियानको शुक्रबार शुरुवात भएको हो । गत जेठमा विश्व वातावरण दिवसको अवसरमा एनसेल र नेपाल युवा परिषद्ले सातै प्रदेशका ७७ वटै जिल्लामा सात हजार सात सय बिरुवा वृक्षारोपण गर्ने बिषयमा समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले बिदुर नगरपालिकामा बिरुवा रोपेर यो अभियानको उद्घाटन गरेकी हुन् । युवाहरुले राष्ट्रव्यापी पहलको ऐतिहासिक शुरुवात भएको र युवाहरुसँग उर्जा र बल भएको भन्दै उपसभामुख मगरले भनिन्, ‘यो अभियानमा सहभागी हुने युवाहरु सकारात्मक परिवर्तनको लागि शक्तिको प्रमाण रहेको भन्दै आज रोपिएका बिरुवाहरु रोपेर हामीले हाम्रो वातावरणमा मात्र योगदान दिइरहेका छैनौं, भावी पुस्ताका लागि उदाहरण पनि बन्ने छ ।’

अभियान आगामी असार २१ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय वृक्षारोपण दिवस २०८१ को अवसरमा गरिएको अभियानअन्तर्गत देशभरका सात हजार सय युवाले हरियाली वातावरण प्रवद्र्धन र जलवायु कार्य प्रयासहरुमा योगदान गर्दै कुल सात हजार सात सय बिरुवा रोप्ने छन् । अभियानका लागि एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)को एटिन फर एटिन कार्यक्रम अन्तर्गत नेपाल युवा परिषद्सँग सहकार्य गरेको छ ।

राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा वातावरणको क्षेत्रमा यो उदाहरणीय सहकार्य र अभियानको शुरुवात भएको एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर प्रमुख बिशाखा लक्ष्मी खड्काले बताईन् । ‘यसले युवाहरुको सक्रिय सहभागितामा जलवायु परिवर्तनसँग लड्न र हरेक जिल्लामा हरियाली वृद्धि, वातावरण संरक्षण र दिगो विकास लक्ष्य प्राप्तिका लागि योगदान पुर्‍याउने हाम्रो विश्वास रहेको छ’, उनले भनिन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर