२०८२ वैशाख २४ गते बुधवार / May 07 , 2025 , Wednesday
२०८२ वैशाख २४ गते बुधवार
Ads

मुख्यमन्त्री आचार्यद्वारा निर्माणाधीन अस्पतालको भवन अनुगमन

मध्यान्ह
२०८१ माघ २९ गते १८:०१
मुख्यमन्त्री आचार्यद्वारा निर्माणाधीन अस्पतालको भवन अनुगमन

लुम्बिनी : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधीन भवनको अनुगमन गरेका छन् । 

मुख्यमन्त्री आचार्यले मंगलबार भवन अनुगमन गर्दै कामको प्रगतिबारे जानकारी लिएका छन् ।  ‘यो प्रदेशको गौरवको आयोजना हो । प्रदेशले यसलाई उच्च प्राथमिकतामा राखेको छ, यसले समग्र प्रदेशको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउनेछ’, अनुमगनका क्रममा मुख्यमन्त्री आचार्यले भने, ‘कुनै पनि अवस्थामा काममा समस्या नआओस् ।’

प्रदेश सरकारले चालु आर्थिक वर्षमा सो भवन निर्माण गर्न  १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको छ । अनुगमनका क्रममा मुख्यमन्त्री आचार्यले काम सन्तोषजनक देखिएको पनि बताए । उनले यही आवमा २८ प्रतिशतसम्म काम सम्पन्न गर्ने जानकारी प्राप्त भएको बताए । 

प्रदेश पूर्वाधार विकास प्राधिकरणमार्फत ६ अर्ब १८ करोड ७५ लाख रुपैयाँमा भवन निर्माण थालिएको थियो । प्रदेश पूर्वाधार विकास प्राधिकरणले भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चर र नेपाली कम्पनी आशिष रेलिगसनसँग गत वर्षको २६ पुसमा भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो । 

निर्माण सुरु भएको ५ महिनामा १३ प्रतिशत भौतिक प्रगति भएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका साइट इन्चार्ज इन्जिनियर शंकर सुवेदीले जानकारी दिए । सम्झौताअनुसार १२ तले सो भवन आगामी २०८५ सालको पुस मसान्तसम्ममा सम्पन्न गर्नुपर्ने छ ।
 

ADV

सम्बन्धित खबर