२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

बुढासुब्बा गोल्डकप भोलिदेखि

मध्यान्ह
२०८१ माघ १८ गते १६:४१
बुढासुब्बा गोल्डकप भोलिदेखि

सुनसरी : अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५औँ संस्करण शनिबारदेखि सुरु हुँदैछ । 

आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङका अन्सार प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोष्गिता २६ माघसम्म चल्नेछ ।

धरान उपमहानगरपालिका–१६ स्थित रङ्गशालामा आयोजना हुने प्रतियोगितामा १० वटा क्लब सहभागी रहनेछन् । पहिलो खेल लिग च्याम्पियन चर्च ब्वाइज क्लब र पुलिस क्लबबीच हुने छ ।

प्रतियोगितामा एनआरटी क्लब काठमाडौँ, लिग च्याम्पियन चर्च ब्वाइज क्लब, नेपाल पुलिस क्लब, भुटान फुटबल एकेडेमी, त्रिभुवन आर्मी क्लब, इटहरी जागृति क्लब, युके एफसी भारत, मच्छिन्द्र क्लब काठमाडौँ, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा र धरान फुटबल क्लब रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले ट्रफीसहित १० लाख र उपविजेताले नगद ५ लाख रुपैयाँ पुरस्कार पाउने छन् । उत्कृष्ट खेलाडीले नगद १ लाख र प्रत्येक खेलको प्लेयर अप द म्याचले १५ हजार, सर्वाधिक गोलकर्ताले ३५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफन्स, उत्कृष्ट मीड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने क्लबका महासचिव नविन राईले बताए । 

प्रतियोगितामा विजेताले पाउने १० लाख रुपैयाँ पुरस्कार धरान बहराईन एकता समाज धरान समाज युकेले प्रदान गर्ने भएको छ भने उपविजेताले पाउने ५ लाख धरान उपमहानगरपालिका–१५ निवासी हाल पोर्चुगलमा रहेका अरुण राईले प्रदान गर्ने जनाइएको छ । 

गत वर्षको संस्करण एनआरटी क्लब काठमाडाँैले जितेको थियो भने जिल्ला फुटबल सङ्घ मोरङ उपविजेता भएको थियो । 

ADV

सम्बन्धित खबर