रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नं. ३ स्यानिदह पैयाबारा निवासी टिकाराम नेपाली विगत ७ वर्षदेखि ढाड तथा नशासमन्धी रोगबाट ग्रसित छन् । आर्थिक अवस्था निकै कमजोर भएका कारण उनले उपचार पनि गराउन सकेका छैनन् ।
स्थानीय कमल बिक र बेगम देबकोटाको समन्वयमा नेपालीलाई उपचारका लागि काठमाडौं पठाइएको थियो । नेपाली हाल काठमाडौंको अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत छन् ।
उनको उपचार खर्च १० लाख लाग्ने भएका कारण सहयोग गर्न स्थानीय कमल बिकले सबैमा आग्रह गरेका छन् । सहयोग गर्नेले कमल बिकको लक्ष्मी बैंकमा रहेको खाता नम्बर ०४८२००१६१९३ अथवा फोन पे 9706450740 मा जम्मा गरिदिन अनुरोध गरिएको छ ।