२०८२ वैशाख २४ गते बुधवार / May 07 , 2025 , Wednesday
२०८२ वैशाख २४ गते बुधवार
Ads

सुर्खेतमा डुबेर एक बालकको मृत्यु

मध्यान्ह
२०८१ माघ १२ गते १९:२७
सुर्खेतमा डुबेर एक बालकको मृत्यु

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ स्थित लाटिकोइलीमा एक जना बालकको पानीमा डुबेर मृत्यु भएको छ । शनिबार दिउँसो साढे २ बजेको समयमा १० वर्षीया बालकको पानीमा डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बालक पानीमा डुबेको अवस्थामा फेला परेका थिए । स्थानीयले बालकलाई पानीबाट बाहिर निकालेर अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए । उनले बालकको हालसम्म पनि पहिचान हुन नसकेको बताए । 

‘हामीले घरघरमा गएर सोधपुछ गरेका छौं, तर कसैले पनि बालक मेरो हो भनेका छैनन्,’ उनले भने, ‘अहिले शव प्रदेश अस्पताल कालागाउँमा राखिएको छ ।’ घटनाको प्रकृति हेर्दा बालक पौडी खेल्न आएको जस्तो देखिएको र यस विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर