२०८२ जेठ ५ गते सोमवार / May 19 , 2025 , Monday
२०८२ जेठ ५ गते सोमवार
Ads

लक्ष्मी सनराइज बैंकले गर्‍यो ललितपुरमा सेवा विस्तार

मध्यान्ह
२०८१ असार १२ गते १४:४९
लक्ष्मी सनराइज बैंकले गर्‍यो ललितपुरमा सेवा विस्तार

काठमाडौं : लक्ष्मी सनराइज बैंकले ललितपुरमा आफ्नो शाखा स्थानानान्तरणमार्फत सेवा विस्तार गरेको छ । 

काठमाडौं महानगरपालिका वडा न.२२ स्थित न्युरोडमा रहेका २ शाखाहरुमध्ये एउटा शाखा ललितपुर महानगरपालिका वडा न. १४ स्थित नखिपोटको विशाल चोकमा स्थानानान्तरण गरिएको छ ।  

स्थानानान्तरण गरिएको साविकको न्युरोड शाखाका ग्राहकहरुले सोही ठाउँमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ ।

स्थानानान्तरण भएसँगै ग्राहकहरुमाझ बैंकिङ सेवाको पहुँच अझ सहज हुने विश्वास बैंकले लिएको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरुलाई सबै प्रकारका रिटेल बैंकिङ सेवाहरु प्रदान गर्ने बैंकले बताएको छ ।

हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३१६ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैंकिङ एजेन्ट रहेका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर