२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

हतियारसहित एक जना पक्राउ

सत्येन्द्र प्रताप सिंह
२०८१ माघ ७ गते २१:२१
हतियारसहित एक जना पक्राउ

रौतहट : रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ४ लतमरी सीमानाकाबाट सशस्त्र प्रहरीले आइतबार हतियारसहित एक जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीको टोलीले सुनिल होटलबाट हतियार तथा चार वटा गोलीगठ्ठासहित एक जनालाई पक्राउ गरेको हो । यस्तै दुई जना फरार रहेका सशस्त्रका प्रहरी उपरीक्षक बिक्रम हुमागाईंले बताए । 

पक्राउ पर्नेमा भारतको पूर्वीचम्पारण मोतिहारी बसन्तपुर ग्राम पंचायत वडा नम्बर ९ बस्ने अन्दाजी २६ वर्षीय धनन्जय कुमार झा रहेका छन् । उनको साथबाट सेमी अटोमेटिक  पेस्तोल १ थान, ४ राउण्ड गोली, १ मोबाइल फोन बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका झामाथि थप अनुसन्धान भइरहेको सशस्त्र उपरीक्षक हुमागाईंले बताए ।

ADV

सम्बन्धित खबर