२०८२ वैशाख २० गते शनिवार / May 03 , 2025 , Saturday
२०८२ वैशाख २० गते शनिवार
Ads

साउदी अरबमा नेपाली समुदायले मनायो योमरी पुन्ही

अन्जान गुभाजु
२०८१ पुष ७ गते २१:४७
साउदी अरबमा नेपाली समुदायले मनायो योमरी पुन्ही

साउदी अरब : साउदी अरबमा कार्यरत नेपालीहरुले योमरी पुन्ही भव्य रुपमा मनाएका छन् । नेवाः समाज, साउदी अरबले आफ्नो आठौं वार्षिकोत्सवको अवसरमा रियादमा योमरी पुन्ही कार्यक्रम आयोजना गरेको हो । 

कार्यक्रमको सुरुवात विधिवत् रूपमा गणेश पूजनबाट गरिएको थियो । उपस्थित अतिथिहरूलाई नेवारी परम्पराअनुसार सगुन प्रदान गरिएको थियो । समाजका अध्यक्ष कृष्ण श्रेष्ठको सञ्चालनमा भएको औपचारिक कार्यक्रममा रियाद क्षेत्रका अध्यक्ष देव राज प्रधानले स्वागत मन्तव्य व्यक्त गरे । कार्यक्रम संयोजक एवं महिला उपाध्यक्ष सृजना श्रेष्ठले कार्यक्रममा मन्तव्य राख्दै योमरी पुन्ही र नेवारी परम्पराको महत्वमाथि प्रकाश पारेकी थिइन् । उनलाई कार्यक्रममा सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो ।

No description available.

सो कार्यक्रममा नेपाली जनसम्पर्क समिति, साउदी अरबका अध्यक्ष अर्जुन थापा, पारिवारिक समाज, साउदी अरबका अध्यक्ष जितेन्द्र थपलिया, पानसका महामन्त्री नवीन मुडभरी, पानस रियादका अध्यक्ष अमर सापकोटा, झापाली समाज, साउदी अरबका पूर्व अध्यक्ष राजेन्द्र थापा, पारिवारिक समाज, साउदी अरबका महिला उपाध्यक्ष प्रजिता मुडभरी, र व्यवसायी पूर्ण सारु मगर अतिथिका रूपमा उपस्थित थिए ।

कार्यक्रममा अर्जुन थापा, अमर सापकोटा, र प्रत्युष मुडभरीले मन्तव्य राखेका थिए । सहभागीहरूलाई नेवारी समाजमा प्रचलित पारम्परिक परिकार समेबजी र योमरी खुवाइएको थियो । योमरीको अर्थ नेवारी भाषामा ‘मन पर्ने रोटी’ भन्ने हुन्छ । कृषि पर्वसँग सम्बन्धित यो परिकार नयाँ धानको स्वागतमा विशेष रूपमा खाइने चलन छ । चाकु र खुवा भर्ने परम्परागत योमरीलाई विश्वभर नेपालकै मौलिक परिकारका रूपमा चिनिन्छ । सन् २०१७ मा स्थापित नेवाः समाज, साउदी अरबले नेवारी संस्कृति र परम्परालाई जगेर्ना गर्न विभिन्न पर्वहरू आयोजना गर्दै गैरनेवार समुदायलाई पनि सहभागी गराउँदै आएको छ । समाजका अध्यक्ष कृष्ण श्रेष्ठका अनुसार साउदी अरबमा नेवारी चाडपर्वहरू भव्य रूपमा मनाएर नेपाली संस्कृतिको प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्य रहेको छ ।

No description available.

ADV

ताजा खबर

सम्बन्धित खबर