२०८२ असार ७ गते शनिवार / Jun 21 , 2025 , Saturday
२०८२ असार ७ गते शनिवार
Ads

सर्वसाधारणलाई जुत्ताको माला लगाउने वडाध्यक्षसहित ७ जनाविरुद्ध मुद्दा दर्ता

shivam cement
ओमप्रकाश यादव
२०८१ मंसिर ८ गते १७:१२
सर्वसाधारणलाई जुत्ताको माला लगाउने वडाध्यक्षसहित ७ जनाविरुद्ध मुद्दा दर्ता

रौतहट : रौतहटमा सर्वसाधारणलाई जुत्ताको माला लगाएर घुमाउने एक जना वडाध्यक्षसहित ७ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । इलाका प्रहारी कार्यालय गरुडाले जुत्ताको माला लगाएर सर्वसाधारणलाई घुमाउने गढीमाई नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष हरिश्चन्द्र सहनीसहित ७ जनाविरुद्ध अपमानजनक तथा अमानवीय व्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको हो ।

वडाध्यक्ष सहनीसहित स्थानीय सोनेलाल सहनी, सनम सहनी, शैलेन्द्र सहनीलगायत ७ जनाविरुद्ध मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले जानकारी दिएका छन् । केही दिनअघि मात्र उनीहरुले गरूडा नगरपालिका–३ मलाही टोलका परीक्षण सहनी र माधवनारायण नगरपालिका– ७ लौकाहा घर भइ हाल मलाही टोल बस्ने १८ वर्षीय राजु सहनीलाई कुटपिट तथा गालीगलौज गरी अमानवीय व्यवहार गरेको प्रहारीको भनाइ छ ।

उनीहरुले गत मंगलबार राति परीक्षण सहनी र राजु सहनीलाई मोटरसाइकलमा बसाएर गरुडाबाट घर लैजाने क्रममा चाँदीपुल नजिक सडक खण्डमा मोटरसाइकल रोकेर गालीगलौज गर्दै कुटपिट गरी दुबैजनाको घाँटीमा जुत्ताको माला लगाइ अपमानजनक तथा अमानवीय व्यवहार गरेको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी कार्कीले बताए ।

उक्त घटनामा संलग्न रहेका वडाध्यक्ष सहनीसहित ४ जना फरार छन् भने सोनेलाल सहनी, सनम सहनी र शैलेन्द्र सहनी पक्राउ परेका छन् । फरार वडाध्यक्ष सहनीसहित ४ जनाको खोजीकार्य जारी रहेको प्रहरीले बताएको छ ।

पक्राउ परेका ३ जनाविरुद्ध रौतहट जिल्ला अदालतबाट ५ दिनको म्याद लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
पक्राउ परेका ३ जना इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise