२०८२ भदौ ११ गते बुधवार / Aug 27 , 2025 , Wednesday
२०८२ भदौ ११ गते बुधवार
Ads

डलर देखाई ठगी गर्ने व्यक्ति पक्राउ

shivam cement
मध्यान्ह
२०८२ जेठ २८ गते १५:१५
डलर देखाई ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौंः डलर देखाई ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–५ जोरपाटी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भएका २९ वर्षीय धन बहादुर तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं उपत्यकाको गोकर्णेश्वर, जोरपाटी लगायतका विभिन्न ठाउँमा नक्कली डलर देखाएर ठगी गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न धन बहादुरलाई बुढानिलकण्ठ नगरपालिका–११ कपनबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

ADV

सम्बन्धित खबर

Advertise