२०८२ जेठ २६ गते सोमवार / Jun 09 , 2025 , Monday
२०८२ जेठ २६ गते सोमवार
Ads

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

मध्यान्ह
२०८२ जेठ २६ गते १५:२९
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

काठमाडौंः बैंकिङ कसुर मुद्दाका फरार २ जना प्रतिवादीहरूलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–२७ सुनाकोठी बस्ने तनहुँ व्यास नगरपालिका–३ दमौली घर भएका ५१ वर्षीय सुर्य नारायण श्रेष्ठ र काठमाडौं तारकेश्‍वर नगरपालिका–२ वसन्त कोलोनी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–३ घर भएकी ४० वर्षीया सानुमाया लामा रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त मुद्दामा फरार रहेका सुर्य नारायणलाई ललितपुर महानगरपालिका–२७ सुनाकोठी र सानुमायालाई काठमाडौं तारकेश्‍वर नगरपालिका–२ वसन्त कोलोनीबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ मध्ये सुर्य नारायणलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बाँके नेपालगंज र सानुमायालाई प्रहरी वृत्त गौशला पठाइएको छ ।

ADV

सम्बन्धित खबर