२०८२ चैत १५ गते आइतवार / Mar 29 , 2026 , Sunday
२०८२ चैत १५ गते आइतवार
Ads

रास्वपाका समर्थकले गरे पार्टी कार्यालय घेराउ, रविलाई बेवास्ता गरिएको आरोप 

himalayanlife
२०८१ कार्तिक २४ गते १४:३५
Shares
रास्वपाका समर्थकले गरे पार्टी कार्यालय घेराउ, रविलाई बेवास्ता गरिएको आरोप 

काठमाडौँ :  पार्टी सभापति रवि लामिछाने पक्राउ गरेको लामो समय बितिसक्दा पनि पार्टीले कुनै ठोस निर्णय लिन नसकेको भन्दै रास्वपाका समर्थक दबाब दिन घण्टी घरमै पुगेका छन् । 

रास्वपा पार्टी कार्यालयमा अहिले प्लेकार्डसहित समर्थक तथा कार्यकर्ता बसिरहेका छन् । उनीहरुले रविलाई न्याय, सहकारी पीडितको रकम फिर्ता र सबै भ्रष्टहरुलाई जेल नकोचेसम्म आन्दोलन जारी रहन्छ, आँटिला नेतालाई सलाम छ, डराउनेलाई आँट दिन्छौँ, आफ्नै नेताहरूलाई नो नट अगेन भन्ने दिन नआओस्, कि सङ्कटमा पार्टी सम्हाल कि ठाउँ छाड भन्ने नारा लेखिएका प्लेकार्ड बोकेका छन् । 

रवि पक्राउ परेपछि उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्लेको टकरावले अहिलेसम्म कार्यवहाक अध्यक्षसम्मेत तोक्न सकेको छैन ।

पार्टीको केन्द्रीय समितिको बैठकअघि घण्टीघरमा प्लेकार्डसहित पुगेका समर्थकले सभापति दोषी भए ढाकाकुमार श्रेष्ठलाई जस्तै कारवाही गर्नुपर्यो तर, सरकारले प्रतिशोध साँधेको भए प्रतिरोधमा कडा रुपमा प्रतिरोधमा उत्रिनुपर्ने भन्दै दबाब दिए ।


 

ताजा खबर

सम्बन्धित खबर