२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

प्रधानमन्त्री ओली अस्वस्थ

Nada
२०८१ कार्तिक २० गते १५:५१
Shares
प्रधानमन्त्री ओली अस्वस्थ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । प्रधानमन्त्री ओलीलाई सोमबार बेलुकीदेखि ज्वरो आएको उनको निजी सचिवालयले जनाएको छ ।

ncell

ज्वरोका कारण प्रधानमन्त्री ओलीले आज अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम नराखेको उनको सचिवालयले बताएको छ ।

प्रधानमन्त्री ओली हाल प्रधानमन्त्री निवास बालुवाटारमा आराम गरिरहेको पनि सचिवालयले जानकारी दिएको छ ।

सम्बन्धित खबर