२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

लाङटाङमा हराएका एक जना पर्यटक अझै भेटिएनन्

Nada
२०८१ कार्तिक १७ गते १७:०४
Shares
लाङटाङमा हराएका एक जना पर्यटक अझै भेटिएनन्

रसुवा : हिमाल आरोहणको क्रममा हराइ रहेका दुई पर्यटकमध्ये एक पर्यटक सम्पर्कमा आएका छन् ।

ncell

गोसाइँकुण्ड गाउँपालिका–३ को उच्च भाग यालापिकमा हराइरहेका चेक रिपब्लिकका ५० वर्षीय मारेक होलेसेक्का शुक्रबार साँझ सम्पर्कमा आएका हुन् । यालापिक समुन्द्र सतहदेखि सात हजार दुई सय ३४ मिटर उचाइमा पर्छ ।

उनी लाङ्टाङको क्याङ्जेनस्थित हायर गेष्ट हाउसको सम्पर्कमा आएको स्थानीय पर्यटन व्यवसायीले जनाएका छन् । सम्पर्कमा आएको पुष्टि रसुवा जिल्लाका प्रहरी प्रमुख केशव भट्टराईले जानकारी दिए ।

उनीसँग गएका अर्का श्लोभाकियाका ३४ वर्षीय ओनरेज हुसर्के भने सम्पर्कविहीन नै रहेका छन् । ठमेलस्थित काठमाडौं ट्रेकिङ कम्पनीमार्फत उनीहरू दुई साता अघि ट्रेकिङमा निस्किएका थिए ।

शुक्रबार र शनिबार दुई दिनसम्म हवाई खोज उद्धारअन्तर्गत हिमाली उच्च भागको ३० मिटरभन्दा बढी गहिरो खोचको डिल्लामा सिल्पिङ ब्याग देखिएको ओनरेज त्यहीबाट खोचभित्र खसेको सहकर्मी पर्यटकबाट जानकारी पाएको अल्टिच्युट एयरका युवा वरिष्ठ क्याप्टेन (पाइलट) विवेक खड्काले बताए ।

पाइलट खड्काले भने, ‘क्याङ्जेन माथिको आकाशमा शुक्रबार दिनभर हेलिकप्टरबाट हवाइ खोज उद्धारको प्रयास गरे पनि मौसम प्रतिकूलकै कारण राजधानी फिर्ता आउन परेको थियो । शनिबार बिहानको प्रयासबाट सिल्पिङ ब्याग देखिएको हो ।’

यस्तै गोसाइँकुण्डको यात्राका क्रममा खुट्टामा चोट लागेरबीच बाटोमै अलपत्र परेका जर्मन नागरिक ४३ वर्षीया रोवर्ड जर्ज न्यू वरलाई हवाई उद्धार गरिएको छ । उनलाई अल्टिच्युट एयरको हेलिकप्टरले लौरीविनायक बाट उद्धार गरेको हो । उनको पर्यटकको सोह्रखुट्टेस्थित एक निजी अस्पतालमा उपचार भइरहेको उक्त एयरले जनाएको छ ।

सम्बन्धित खबर