२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

दिल्लीमा तीव्र वायु प्रदूषण

Nada
२०८१ कार्तिक १४ गते १६:२१
Shares
दिल्लीमा तीव्र वायु प्रदूषण

काठमाडौंः दिपावलीको पुर्व सन्ध्यामा प्रदूषित धुवाँले राजधानीलाई ढाकेको छ भने हावाको गुणस्तर निरन्तर खराब बन्दै ३०० एक्यूआईभन्दा बढी रेकर्ड गरिएको  केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले रिपोर्ट गरेको छ ।   

ncell

आनन्द विहारमा, बिहान सात बजे हावाको गुणस्तर ३१५ एक्यूआई  रेकर्ड गरिएको थियो भने बवानामा ३१९, अशोक विहारमा ३५१ र वजीपुरमा ३२७ रेकर्ड गरिएको छ । आया नगर र नयाँदिल्लीमा वायुको गुणस्तर क्रमशः २९० र २८४ एक्यूआई रेकर्ड गरिएको छ । यो ‘निकै खराब’ मानिन्छ । प्रदूषणको स्तर उच्च रहेकाले कालिन्दी कुन्जको यमुना नदीमा विषाक्त फोम तैरिरहेको देखिएको थियो । यसैबीच, मुम्बईको बान्द्रा रिक्लेमेसन क्षेत्रमा हावाको गुणस्तर ‘मध्यम’ रहेको छ।

यसैबीच, भारतीय जनता पार्टी ९भाजपा० दिल्लीका नेताहरूले सोमबार पञ्जाबमा पराल जलाउने १०८ वटा घटना दर्ता भएको रिपोर्ट गरेका थिए भने उनीहरूले वायु प्रदूषणको चिन्तालाई लिएर पन्जाबका मुख्यमन्त्री भगवन्त मानविरुद्ध विरोध प्रदर्शनसमेत गरेका थिए । हाल विश्वको बढी प्रदूषित राजधानीमध्ये एक दिल्लीमा पछिल्ला बर्षहरूमा वायु प्रदूषण बढ्दै गएको छ । (एजेन्सी)

सम्बन्धित खबर