२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

कुनै प्रभावमा नपरी जनसेवामा खटिन महानिरीक्षक अर्यालको निर्देशन

Nada
२०८१ कार्तिक १३ गते १७:४०
Shares
कुनै प्रभावमा नपरी जनसेवामा खटिन महानिरीक्षक अर्यालको निर्देशन

काठमाडौंः सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले कुनै प्रभावमा नपरी जनसेवामा खटिन नवनियुक्त सशस्त्र प्रहरी निरीक्षकहरूलाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी निरीक्षक १६औं समूहको आधारभूत तालिम सम्पन्न गरेका अधिकृतको दीक्षान्त समारोहमा आज उनले राज्य, सङ्गठन र आम नागरिकको आशा र अपेक्षालाई पूरा गर्ने ढङ्गबाट कार्यसम्पादन गर्न कार्यक्षेत्रमा परिचालित हुन निर्देशन दिए ।

ncell

महानिरीक्षक अर्यालले भने, ‘विषम परिस्थितिमा मात्र नभई विपद् व्यवस्थापन, आकस्मिक खोज तथा उद्धार, हुलदङ्गा व्यवस्थापन, सीमा सुरक्षा, विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठान सुरक्षा, औद्योगिक सुरक्षा, रेलवे सुरक्षालगायत राजस्व चुहावट नियन्त्रण जस्ता संवेदनशील जिम्मेवारीमा सिङ्गो सङ्गठन प्रभावकारी रूपमा परिचालित भइरहेको छ । यहाँहरूले यसमा थप भूमिका निर्वाह गर्नु हुनेछ ।’

त्यस अवसरमा आधारभूत तालिम सम्पन्न गरेका १६औं समूहका ४५ अधिकृत दीक्षित भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा मातातीर्थस्थित राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा आज आयोजित विशेष समारोहमा तीन महिला र ४२ पुरुष प्रशिक्षार्थी दीक्षित भएका हुन् ।

आधारभूत तालिमको प्रथम प्रवचन २०८० साउन १० गतेदेखि शुरु भएको थियो । प्रतिष्ठानका कार्यकारी निर्देशक एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक कमल गिरीले तालिमका क्रममा सहभागीलाई तीन चरणमा विभिन्न विषयवस्तुबारे प्रशिक्षित गरिएको जानकारी दिए ।

पहिलो चरणमा ‘कन्भेन्सनल ट्याक्टिस’, व्यक्तिगत बन्दोबस्ती, कवाज, शारीरिक तालिम, नक्सा अध्ययन, हतियार तालिम, ‘फिल्ड क्राफ्ट’, ‘व्याटल क्राफ्ट’, फायरिङ, प्राथमिक उपचार तथा परम्परागत युद्धकला सिकाइएको थियो । सहभागीलाई विभिन्न क्षेत्रका २१ विशेषज्ञले प्रशिक्षण दिएका थिए ।
 
 

सम्बन्धित खबर