२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

सोमबार शेयर बजारमा हरियाली, पाँच अर्बमाथिको कारोबार

Nada
२०८१ कार्तिक १२ गते १५:३०
Shares
सोमबार शेयर बजारमा हरियाली, पाँच अर्बमाथिको कारोबार

काठमाडौंः सोमबार शेयर बजारमा हरियाली छाएको छ । आइतबार ९ दशलमव १९ अंकले ओरालो लागेर राताम्य बनेको शेयर बजार आज २७ अंकले बढेर २,६४५ को विन्दुमा कायम भएको छ । आज २८ कम्पनीकाे शेयर मूल्य घटेको छ भने २१३ कम्पनकिो मूल्य बढेको छ ।  दुई कम्पनीको शेयर मूल्य भने स्थिर छ ।

ncell

आज जानकी फाइनान्स र दोल्ती पावरको मूल्य १० प्रतिशतका दरले बढेको छ  । साथै रिभर फल्स पावरको ९ दशलमव ५४ प्रतिशत र मेच्छियाम हाइड्रोपावरको मूलय ९ प्रतिशतले बढेको छ । आज पिपुल्स हाइड्रोपावरको मूल्य भने अधिक घटेको छ । यस कम्पनीका शेयर मूल्य ६ प्रतिशतले घटेको हो ।

समूहगत रुपमा भने फाइनान्स समूहको मूल्य सबैभन्दा धेरै अर्थात् ३.४६ प्रतिशतले बढेको छ । साथै बैंकिङ ०.३६, विकास बैंक १.५७, होटल तथा पर्यटन १.१७, हाइड्रोपावर १.५८, लगानी ०.८५, जीवन बीमा १.८४, उत्पादन १.३४, माइक्रोफाइनान्स १.२६, निर्जीवन बीमा ०.६४, अन्य ०.५७ तथा व्यापार समूहको मूल्य ०.७५ प्रतिशतले बढेको छ ।

यस्तै, आज ३०७ कम्पनीको एक करोड ४ लाख १८ हजार ९२६ कित्ता शेयर किनबेच हुँदा पाँच अर्ब ३४ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनकिो ३३ करोड ७९ लाख रुपैयााको शेयर कारोबार भएको छ । समृद्धि फाइनान्सको २४ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एलआइसी नेपालको १९ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

सम्बन्धित खबर