२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

धनराज गुरुङ र ऋषिकेश पोखरेललाई सरकारले कारबाही गर्नुपर्छ : गगन थापा

Nada
२०८१ कार्तिक १२ गते १५:२७
Shares
धनराज गुरुङ र ऋषिकेश पोखरेललाई सरकारले कारबाही गर्नुपर्छ : गगन थापा

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगीमा नाम जोडिएका कांग्रेस उपसभापति धनराज गुरुङ र एमालेका ऋषिकेश पोखरेलमाथि पनि अनुसन्धान गर्न सरकारलाई आग्रह गरेका छन् ।

ncell

राष्ट्र बैंक कर्मचारीहरूको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ पुरानो जो भए पनि छानबिन समितिले सिफारिस गरेका व्यक्तिहरूमाथि अनुसन्धान हुनुपर्ने बताए ।

महामन्त्री थापाले भने, ‘जुन पार्टीको भए पनि नाम जोडिएपछि अनुसन्धान गर्नुस्, अनुसन्धान गर्ने मात्रै होइन, गल्ती गरेको भए दण्ड पनि हुन्छ । यो देशमा जुनसुकै मानिस कांग्रेस, एमाले, रास्वपा, राप्रपा होस्, पाँच पटक प्रधानमन्त्री भएको मान्छे होस् कि अहिले भएको प्रधानमन्त्री होस् वा भोलि प्रधानमन्त्री हुने मान्छे, जोसुकै होस् कानूनभन्दा माथि कोही छैन भन्ने कुरा सरकारले स्थापित गर्नुपर्छ ।’

उनले प्रधानमन्त्री र मन्त्रीहरूलाई बोल्नेभन्दा पनि काम गरेर देखाउन आग्रह गरे ।

सम्बन्धित खबर