२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

तीनदिने आँखा जाँच तथा शल्यक्रिया शिविर सम्पन्न

Nada
कमल कुमाल
२०८१ कार्तिक १० गते २१:१४
Shares
तीनदिने आँखा जाँच तथा शल्यक्रिया शिविर सम्पन्न

कालीकोट : कालीकोट जिल्लाको सदरमुकाम मान्ममा सञ्चालन गरिएको आँखा जाँच तथा शल्यक्रिया शिविर सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ, जिल्ला आँखा उपचार केन्द्र मान्म कालिकोटको आयोजना, रिड्ले आई फाउन्डेशन नेपालको आर्थिक सहयोग तथा राप्ती आँखा अस्पताल दाङको प्राविधिक सहयोगमा कात्तिक ८ गतेदेखि १० गतेसम्म सञ्चालित ३८औं सर्जिकल आँखा उपचार तथा शल्यक्रिया शिविर सम्पन्न भएको हो ।

ncell

शिविरबाट ओपीडी सेवा २३०, मोतियाविन्दु शल्यक्रिया ७४ जना गरी जम्मा ३०४ जनाको आँखा जाँच तथा शल्यक्रिया गरिएको नेपाल नेत्रज्योति संघ, जिल्ला आँखा उपचार केन्द्र कालीकोटका प्रमुख डब्बल अधिकारीले जानकारी दिए ।

शिविर शुरु भएसँगै जिल्लाका नौ वटै स्थानीय तहबाट आएका सेवाग्राहीहरुले सेवा लिएका छन् । आर्थिक अभावका कारण आँखाको उपचार गर्न नसकेकालाई यो शिविर सहयोगी दाता जस्तै भएको स्थानीयहरुले बताएका छन् ।

नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित विभिन्न अस्पतालहरूले विभिन्न संघ संस्थासँगको सहकार्यमा निःशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेको छ ।

सम्बन्धित खबर