२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

एनआईसी एशिया लघुवित्तको पहिलो त्रैमासिक बजेट समीक्षा सम्पन्न

Nada
२०८१ कार्तिक ९ गते १२:१८
Shares
एनआईसी एशिया लघुवित्तको पहिलो त्रैमासिक बजेट समीक्षा सम्पन्न

काठमाडौं : एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो त्रैमासिक बजेट समीक्षा सम्पन्न भएको छ ।

ncell

सो अवसरमा कात्तिक ६ र ७ गते मधेश प्रदेशअन्तर्गत प्रदेश प्रमुख, अनुगमन अधिकृत, तथा शाखा प्रमुखहरुलाई चितवनको होटल प्याराडाईज, सौराहामा संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशी, नायव प्रमुख कार्यकारी अधिकृत मेष बहादुर बस्नेत, सहायक प्रमुख कार्यकारी अधिकृत गणेश घिमिरे तथा सहायक महाप्रबन्धक राजेन्द्र न्यौपाने र कमल बहादुर खत्रीबाट सहभागीहरुलाई शाखा सञ्चालन तथा व्यवस्थापन तालिम प्रदान गरिएको संस्थाले जानकारी दिएको छ ।

साथै बजेट समीक्षाअन्तर्गत पहिलो त्रैमासिक अवधिमा भएको कार्य सम्पादनको विषयममा पनि समीक्षा गर्दै आगामी कार्य याजनाबारे छलफल गरिएको संस्थाले जनाएको छ ।

सम्बन्धित खबर