२०८३ असोज २३ गते शुक्रवार / Oct 09 , 2026 , Friday
२०८३ असोज २३ गते शुक्रवार

उपाधिका लागि दमौटी र सगरमाथा भिड्ने

Nada
बिन्द्र राई
२०८१ कार्तिक ८ गते २०:२१
Shares
उपाधिका लागि दमौटी र सगरमाथा भिड्ने

उदयपुर : उदयपुरमा ३ गतेदखि जारी दोस्रो स्व. कैलाश राई (युवराज) फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएको सेमिफाइनल खेलमा दमौटी फुटबल समूहले फ्यूजन समूह बोक्सेलाई पराजित गरेको छ । योसँगै दमौटी फाइनलमा प्रवेश गरेको छ ।

ncell

जिल्ला फुटबल संघ उदयपुरको समन्वय तथा त्रियुगा नगरपालिका–४ बगहा युवा समूहको आयोजनामा बगहाका पूर्व फुटबल खेलाडी कैलाश राईको सम्झनामा जारी दोस्रो स्व. कैलाश राई (युवराज) फुटबल प्रतियोगितामा दमौटीले फ्यूजनलाई २–० गोलअन्तरले पराजित गरेको हो ।

पहिलो हाफ खेल बराबरमा टुंगिएको थियो । खेलको ६४औं मिनेटमा पविन राईले गोल गर्दै दमौटीलाई शुरुवाती अग्रता दिलाए । यस्तै पुष्पराज चौधरीले गोल गर्दै दमौटीलाई २–० गोलको जित दिलाए ।

शनिबार हुने फाइनल खेलमा दमौटी र सगरमाथा फुटबल समूह राजाबासबीच उपाधि भिडन्त हुने आयोजकले जनाएको छ ।

सम्बन्धित खबर