२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

रास्वपाका ९ जनाविरुद्ध युवराज सफलले दिए जाहेरी, कानुनी कारबाही गर्न माग

Nada
२०८१ कार्तिक ६ गते १७:०१
Shares
रास्वपाका ९ जनाविरुद्ध युवराज सफलले दिए जाहेरी, कानुनी कारबाही गर्न माग

काठमाडौँ : अभियन्ता युवराज सफलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल तथा डा. स्वर्णिम वाग्लेसहित ९ जना नेतालाई पक्राउ गरेर कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

ncell

सभापति एवम् पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेकोमा सरकारले गरेको काम कारबाहीविरुद्ध आन्दोलनमा उत्रिएको भन्दै सफलले कारबाहीको माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी पेश गरेका हुन् ।

सफलले दुई जना उपसभापतिसहित रास्वपाका उपनेता विराजभक्त श्रेष्ठ, संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार, पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ, डा. तोशिमा कार्की, हरि ढकाल, गणेश पराजुली, मनिष झाविरुद्ध मंगलबार दिउँसो जाहेरी पेश गरेको सफलले जानकारी दिए ।

उनका अनुसार उनीहरूले मुलुकी अपराध संहिता २०७४ को दफा ५० अनुसार राजद्रोहसम्बन्धी महलको उपदफा ३ मा उल्लेख भएको कसुर गरेका छन् । उक्त कसुरदारलाई ३ वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था रहेको र उक्त व्यवस्थाअनुसार उनीहरूलाई तत्काल पक्राउ गरेर हदैसम्मको कारबाहीको माग सफलले गरेका छन् ।

सम्बन्धित खबर