२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

विष्णु परियार सर्वोत्कृष्ट चित्रकारबाट सम्मानित

Nada
२०८१ कार्तिक ५ गते १२:५४
Shares
विष्णु परियार सर्वोत्कृष्ट चित्रकारबाट सम्मानित

काठमाडौं : कलाकार विष्णु परियार सर्वोत्कृष्ट चित्रकारबाट सम्मानित भएका छन् । एबिएम र नेपाल कल्चर तथा फ्लिम सेन्टरको आयोजनामा भएको ग्लोबल एक्सिलेन्स अवार्ड २०२४ मा परियारलाई सर्वोत्कृष्ट चित्रकारको अवार्डबाट सम्मान गरिएको हो ।

ncell

No description available.

चित्रकार परियार खासगरी तैल माध्यममा मुहार चित्र सिर्जना गर्छन् । डेढ दशक अघिदेखि काठमाडौं बसेर कला सिर्जना गर्दै आएका परियारले प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, तत्कालीन राजा वीरेन्द्र, रानी एश्वर्यलगायत समाजका थुप्रै लब्धप्रतिष्ठित व्यक्तिहरु मुहार चित्र बनाइसकेका छन् । मुहार चित्रबाहेक उनले लामो समयदेखि नेपाली जनजीवन र दृश्यचित्रलाई आफ्नो क्यानभासमा अटाउँदै आएका छन् ।

No description available.

आफ्नो मनको अभिव्यक्ति क्यानभासमा उतार्नु नै कला भएको उनको भनाइ छ । उनले मान्छेले निर्वाधरूपमा आफ्ना मनका अभिव्यक्ति प्रस्तुत गर्न सक्नु नै कला भएको बताए । हरेक दिन आफ्नो कलास्टुडियोमा क्यानभास र कुचिसँग एक्लै रमाइरहने उनी सकुन्जेल चित्र नै कोरेर बाँच्ने बताउँछन् ।

No description available.

सम्बन्धित खबर