२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

क्षतिग्रस्त तामाकोशी जलविद्युत आयोजनाको मर्मतसम्भार शीघ्र थालिने

Nada
२०८१ कार्तिक ३ गते १७:०२
Shares
क्षतिग्रस्त तामाकोशी जलविद्युत आयोजनाको मर्मतसम्भार शीघ्र थालिने

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढीबाट क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको मर्मतसम्भार यथाशीघ्र थालेर बिजुली उत्पादन गरिने बताएका छन् ।

ncell

जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलसहित आयोजनाको क्षतिग्रस्त संरचनाको निरीक्षणपछि उनले आयोजनामा भएको क्षतिका कारण राज्यले अकल्पनीय घाटा व्यहोर्नुपरेको बताउँदै यथाशक्य चाँडो मर्मतसम्भार गरी विद्युत उत्पादन गरिने प्रतिबद्धता व्यक्त गरे । 

मन्त्री खड्काले आयोजनाबाट चाँडोभन्दा चाँडो विद्युत उत्पादन गर्न सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता दोहोर्‍याएको उनको निजी सचिवालयले जनाएको छ । 

आयोजनाका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले आगामी तीन साताभित्रमा विद्युत उत्पादन थाल्ने गरी काम भइरहेको बताए ।

सम्बन्धित खबर