२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

Nada
२०८१ कार्तिक २ गते १७:२९
Shares
रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लाामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो । अदालतको अनुमतिपछि काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेर कास्की लैजाने तयारीमा प्रहरी रहेको छ ।

ncell

सहकारी छानबिन समितिले जीबी राई, रवि लामिछाने, कुमार रम्तेल र छविलाल जोशीलाई सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको ठहर गर्दै कारबाहीको दायरामा ल्याउन सिफारिस गरेको थियो। याेसँगै पूर्व डीआईजी जोशी भने असोज ६ मा पक्राउ परेका थिए। प्रहरीले जोशीको बयान समेत लिइसकेको छ ।

सम्बन्धित खबर