२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

फ्रान्समा आप्रवासी बोकेको डुङ्गा डुब्दा एक बालकको मृत्यु, ६५ जनाको उद्धार

Nada
२०८१ कार्तिक २ गते १४:४६
Shares
फ्रान्समा आप्रवासी बोकेको डुङ्गा डुब्दा एक बालकको मृत्यु, ६५ जनाको उद्धार

फ्रान्सः फ्रान्सको सामुद्रिक तटबाट च्यानल हुँदै बिहीबार राति भारबहन क्षमताभन्दा बढी आप्रवासी लिएर बेलायततर्फ गइरहेको एउटा डुङ्गा डुब्दा उक बालकको मृत्यु भएको फ्रान्सेली अधिकारीहरूले शुक्रबार बताएका छन् । अधिकारीका अनुसार डुङ्गा फ्रान्सेली सहर विसान्टमा दुर्घटना भएको थियो भने उद्धारकर्मीले अन्य ६५ जनालाई सकुशल उद्धार गरेका छन् । 

ncell

पछिल्लो डुङ्गा दुर्घटनासँगै यस वर्ष च्यानल पार गर्ने प्रयास गर्दा ज्यान गुमाउने आप्रवासीहरूको सङ्ख्या कम्तिमा ५२ पुगेको छ । सन् २०१८ पछिको सबैभन्दा धेरै रेकर्ड हो । उक्त स्थानमा गत सेप्टेम्बर ३ मा पाँच जना बालबालिका र पाँच जना वयस्कहरूको मृत्यु भएको स्रोतले जनाएको् छ ।  त्यसको एक महिनापछि सामुद्रिक च्यानलको मार्ग हुँदै जोखिमपूर्ण यात्राका क्रममा ओभरलोड भएका डुङ्गा दुर्घटनामा पर्दा  एक जना  बालक तथा तीन वयस्कको मृत्यु भएको जनाइएको छ ।  

बेलायतको सरकारी तथ्याङ्कअनुसार यस वर्ष आप्रवासी डुङ्गामा खतरनाक यात्रा गरी बेलायत पुग्ने आप्रवासीहरूको औसत सङ्ख्या ५३ रहेको छ । बेलायतको गृहमन्त्रालयको तथ्याङ्कअनुसार यस वर्ष जनवरी १ देखि हालसम्म २६ हजारभन्दा बढी आप्रवासीहरू समुद्र पारगरी बेलायती तटमा आइपुगेका छन् ।

ताजा खबर

सम्बन्धित खबर