२०८२ साउन ५ गते सोमवार / Jul 21 , 2025 , Monday
२०८२ साउन ५ गते सोमवार
Ads

दशैंपछि खुलेको शेयर बजारमा हरियाली, परिसूचक २७ सयको नजिक

shivam cement
मध्यान्ह
२०८१ असोज २९ गते १६:२९
दशैंपछि खुलेको शेयर बजारमा हरियाली, परिसूचक २७ सयको नजिक

काठमाडौंः दशैंको विदापछि खुलेको शेयर बजारकाे पहिलो कारोबार दिनमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार नेप्से परिसूचक ३१.४८ अंकले बढेर दुईहजार छ सय ९९ दशमलव ६६ को विन्दुमा कायम भएको हो ।

आज दुई सय पाँच कम्पनीको शेयर मूल्य बढ्दा ३२ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ वटाको स्थिर छ। समूहगत रुपमा उत्पादनबाहेक सबै समूहका सूचक बढेका छन् । आज उत्पादन समूह ०.२२ प्रतिशतले घटेको हो । 

आजको बजारमा फाइनान्स समूहको सूचक सबैभन्दा धेरै ४.६१ प्रतिशत बढेको छ । बैंकिङ समूह १.५९, विकास बैंक १.५६, होटल तथा पर्यटन ०.८०, हाइड्रोपावर ०.७२, लगानी १.५२, जीवन बीमा १, माइक्रोफाइनान्स ०.७२, निर्जीवन बीमा ०.५१, अन्य १.२१ तथा व्यापार समूह १.७६ प्रतिशतले बढेको हो ।

यस्तै, आज कारोबार समय भरिमा ६४ लाख १७ हजार दुई सय ६७ कित्ता शेयर किनबेच हुँदा तीन अर्ब छ करोड २३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। आज सर्वाधिक कारोबार गुडविल फाइनान्सको छ । यस कम्पनीले आज १८ करोड ५ लाख रुपैयाँ बढीको कारोबार गरेको छ।

ADV

सम्बन्धित खबर

Advertise