२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

नेता कार्यकर्ताको गुनासो सुन्न कांग्रेस अर्घाखाँचीको घुम्ती बैठक

Nada
सूर्यप्रसाद भुसाल
२०८१ असार १ गते २१:२२
Shares
नेता कार्यकर्ताको गुनासो सुन्न कांग्रेस अर्घाखाँचीको घुम्ती बैठक

सुर्य प्रसाद भुसाल/मध्यान्ह 

ncell

अर्घाखाँची : नेपाली कांग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीको घुम्ती बैठक शितगंगा नगरपालिकाको अमराईमा सम्पन्न भएको छ । 

नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठको सभापतित्वमा भएको बैठकमा कांग्रेस  केन्द्रीय सदस्य पुष्पा भुसालको प्रमुख अतिथ्यता रहेको थियो । 

बैठकमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री बिष्णु प्रसाद खनाल मुस्कान, पूर्व  कांग्रेस जिल्ला सभापति कमल प्रसाद भुसाल, पार्टीका उपसभापति विष्णु भसाल, शितगंगा  नगरपालिकाका नगरप्रमुख छबिलाल पौडेल, पूर्व नगरप्रमुख महाधिवेशन प्रतिनिधि सुर्य प्रसाद अधिकारी, जिल्ला सचिव कृष्णप्रसाद खनाल, अच्युत गौतम, कोषाध्यक्ष बिष्णु क्षेत्री,  प्रदेश कार्य समितिका सभापति हेमन्त बेल्वासे, शितगंगा नगर सभापति मोहन पन्थी, कांग्रेसबाट निर्वाचित शितगंगा १४ का वडाअध्यक्ष दामोदर न्यौपाने लगायतको उपस्थिति रहेको थियो । बैठकमा क्रियाशिल सदस्यता वितरण समेत गरिएको सभापति श्रेष्ठले बताए । 

स्थानीय नेता कार्यकर्ताको गुनासो सुन्ने र जनमुखी काम पार्टीले गर्ने उद्देश्यले बैठक ठाउँ–ठाउँमा शुरु गरिएको जिल्ला सभापति श्रेष्ठको भनाइ छ । कांग्रेस अर्घाखाँचीले सबै पालिकामा  बैठक गर्ने सभापति श्रेष्ठले बताए । कार्यक्रमको सहजीकरण सचिव कृष्णप्रसाद खनालले गरेका थिए । 

uae

सम्बन्धित खबर