२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

खेलाडीलाई उपचार खर्च

Nada
२०८१ असोज २१ गते १६:१४
Shares
खेलाडीलाई उपचार खर्च

काठमाडौंः राष्ट्रिय खेलाडी कल्याणकारी कोषले दुई कराते खेलाडीलाई स्वास्थ्य उपचारका लागि आज आर्थिक सहयोग उपलब्ध गराएको छ । कोषले सिद्धिकीताज बबरलाई एक लाख ५० हजार तथा विपिनराजसिंह दर्जीलाई ७५ हजार प्रदान गरेको हो । 

ncell

सिद्धिकी सवारी दुर्घटना परी घाइते भएका थिए भने विपिन मिर्गौलाको समस्याबाट पीडित छन् । कोषका अध्यक्षसमेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले खेलाडीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।

सो अवसरमा कोषका सदस्यसचिव एवं नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठ, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्ट, नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का उपनिर्देशक एवं शारीरिक सुगठनका मुख्य प्रशिक्षक राजेन्द्ररत्न तुलाधरको उपस्थिति थियो ।

सम्बन्धित खबर