२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

मलेसियामा रहेका थारुहरुले मनाए जितिया पर्व

Nada
तिलोचन गौतम
२०८१ असोज १३ गते २१:५७
Shares
मलेसियामा रहेका थारुहरुले मनाए जितिया पर्व

क्वालालम्पुर : मलेसियामा रहेका थारु चौधरीहरुले जितिया पर्व मनाएका छन् । थारु कल्याणकारीणी सभा मलेसियाले ‘थारु संस्कृतिको संरक्षण, सम्वद्र्धन हाम्रो अभियान, समावेशी समानुपातिक पहुँचको लागि सम्पूर्णमा आह्वान’ भन्ने नाराका साथ पर्व मनाएको हो । 

ncell

क्वालालम्पुरमा रहेको इलिमेन्ट होटलको सभाहलमा भएको कार्यक्रममा सभाका  अध्यक्ष ज्ञानचन्द्र चौधरीको सभापतित्वमा भएको थियो । कार्यक्रममा नेपाली राजदूतावास मलेसियाका कार्यवाहक राजदूत मुद्दिता बज्राचार्य, प्रथम सचिव बलिराम धामी, जनजाति महासंघ मलेसियाका अध्यक्ष विपिन राई, कांग्रेस सम्वद्र्ध  जनसम्पर्क समितिका सभापति चोलाकान्त पंगेनी, महामन्त्री हरि कोइराला लगायत थुप्रै संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रममा स्थानीय कलाकारहरुले थारु समुदायका विभिन्न झाँकी, नृत्य, गित संगीत प्रस्तुत गरेका थिए । कार्यवाहक राजदूत बज्राचार्यले शुभकामना मन्तव्य दिँदै  देशमा एतिबेला विपत आइपरेकोले आफ्नो ठाउँबाट सबैले एकबद्ध भएर लाग्नुपर्ने बताए । 

जनजाति महासंघ मलेसियाका अध्यक्ष विपिन राईले बाढी पीडितलाई सहयोग गर्ने उद्देश्यले एउटा कोष खडा गरी सहयोग गर्ने योजनामा संघ रहेको बताए । 

सम्बन्धित खबर