२०८२ साउन १८ गते आइतवार / Aug 03 , 2025 , Sunday
२०८२ साउन १८ गते आइतवार
Ads

सुशासन कायम राख्न सधैं लागि पर्नेछु : प्रजिअ महत

shivam cement
पूर्ण सार्की
२०८१ असोज ११ गते २२:०४
सुशासन कायम राख्न सधैं लागि पर्नेछु : प्रजिअ महत

डोल्पा : डोल्पाका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले समग्र जिल्लाको विकास निर्माण लगायत सुशासन कायम राख्न आफू सधैं लागि पर्ने बताएका छन् ।  

प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहाल सरुवा भए लगत्तै असोज ७ मा नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा डोल्पा आइपुगेका प्रजिअ महतले जिल्लास्थित क्रियाशिल सञ्चारकर्मीहरुसँगको भेटमा उक्त कुरा बताएका हुन् ।  

जिल्लाको बस्तुस्थिति र सुशासन कायम राख्न पत्रकारले खेल्नुपर्ने भूमिका लगायत समसामयिक विषयको छलफलमा जिल्लाको शैक्षिक सामाजिक आर्थिक लगायत विकास निर्माण कार्यमा सुशासन कायम राख्ने सवालमा आफू प्रतिबद्ध रहेको समेत  प्रजिअ महतले बताए ।

आफ्नो एक्लो प्रयासले मात्र जिल्लाको परिवर्तन सम्भव नहुने भएकाले सत्य तथ्य सूचना प्रवाह गरी शान्ति सुरक्षा अमैन चयन स्थापना गरी सुशासन कायम राख्ने काममा सञ्चारकर्मीको पनि त्यतिकै महत्वपूर्ण भूमिका रहने प्रजिअ महतको भनाइ छ ।

उपस्थित सञ्चारकर्मीले सीमा सुरक्षा, जिल्लाको रुकुम पश्चिमसँगको सिमाङकन विवाद लगायत विकास निर्माणमा भइरहेको ढिलाइ, जिल्लास्थित सरकारी कार्यालयमा सूचना प्रवाहको अवस्था र मोवाइल नेटवर्किङ निकट भविष्यमा विस्तार हुन थालेको फाइवर नेट र जिल्लामा सञ्चारकर्मीले खेल्दै आएको भूमिका लगायतका विषयमा सुझाव राखेका थिए ।

प्रजिअ महतले आफू पनि कर्णालीबासी त्यसैमाथि छिमेकी जिल्ला जुम्लाबासी  भएकाले पनि समग्र डोल्पा जिल्लाको विकास निर्माण आफ्नो कार्यकाल रहेसम्म लागि परिरहने बताए । उनले भने ‘भौतिक रूपमा डोल्पा नआएपनि पहिलादेखि नै छिमेकी जिल्ला डोल्पाको विषयमा खुबै चासो राख्थे ।

सञ्चारकर्मीले उठाएका हरेक विषयमा मैले गम्भीरतापूर्वक रही काम गर्ने प्रतिबद्धता गर्दछु ।’ जिल्ला आएदेखि सरोकारवाला निकायहरुसँग निरन्तर छलफल गरिरहेको समेत प्रजिअ महतले बताए । 

सो अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष सरोज थापा, महासंघका संस्थापक अध्यक्ष विष्णुप्रसाद देवकोटा, महासंघका सचिव लेख बुढा लगायतका सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise