२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

प्राप्ति श्रेष्ठ बनिन् एसईई प्रिन्सेस, शिक्षकहरु सम्मानित

Nada
२०८१ जेठ ३१ गते १९:३३
Shares
प्राप्ति श्रेष्ठ बनिन् एसईई प्रिन्सेस, शिक्षकहरु सम्मानित

काठमाडौं : सिजन मिडियाद्वारा आयोजित नामी कलेज एसईई प्रिन्सेस २०२४ सम्पन्न भएको छ । एसईई प्रिन्सेसको १२औं संस्करणको विजेताको ताज प्राप्ति श्रेष्ठले पहिरन सफल भएकी छन् । उनले एसईई प्रिन्सेससँगै मस्ट टेयालेन्टको अवार्ड पनि हात पारिन् भने फष्ट रनरअप प्रीति शर्मा, सेकेण्ड रनरअप निरजरा श्रेष्ठ, थर्ड रनरअप ज्यास्मिन धमेना र फोर्थ रनरअप शुभ के.सी. भए ।

ncell

विजेता श्रेष्ठले ल्यापटप तथा नामी कलेजमा एक लाख बराबरको छात्रवृत्ति प्राप्त गरिन् । फष्ट र सेकेण्ड रनरअपले क्रमशः स्यामसङ मोबाइल फोनका साथै प्लस टु अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरे भने थर्ड र फोर्थ रनरअपले डिजिटल स्मार्ट वाचका साथै छात्रावृत्ति पाएको आयोजकले जनाएको छ । 

त्यसैगरी, अन्य विविध सव टाइटलमा अर्गनाइजर च्वाइस इभा कपाली, पपुलर च्वाइस सविना तामाङ, मिस स्टाइलिस क्रीस्मि गुरुङ, भियोर्स च्वाइस कृपा केसी, फोटोजेनिक रन्जना ठकुरी, क्रियटिभ अवार्ड एकता अर्याल र बेष्ट वाक सिचु मर्हजनले हात पार्न सफल भए । 

कार्यक्रम वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । यस्ता कार्यक्रमले विद्यार्थीको प्रतिभा उजागर गर्न सहयोग पुर्‍याउने र विद्यार्थीहरुको आत्मविश्वास बढाउने मन्त्री सुडीले धारणा राखे । विद्यार्थीको प्रतिभा उजागरमा सहयोग पुर्‍याउने यस्ता कार्यक्रमको विशेष महत्व रहने बताउँदै उनले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा विभिन्न विद्यालयमा अध्यापन तथा व्यवस्थापनमा लामो समयदेखि सक्रिय शिक्षक तथा शिक्षिकाहरुलाई विशेष शैक्षिक सेवा सम्मान २०८१ द्वारा सम्मान गरिएको थियो । स्वस्तीश्री गुरूकुल आई विवल्ड स्कुलकी प्रिन्सिपल नेहा केसी, मनमोहन मेमोरियल कलेजका प्रिन्सिपल द्रोणबहादुर अधिकारी, रिलायन्स कलेजका प्रिन्सिपल रविन्द्रजंग थापा,साउथ वेस्टन स्टेट कलेजकी इन्टरनेशनल रिलेसन्स कोओर्डिनेटर सरिता शाक्य प्रधान, रेडन कलेजका एकेडेमिक डाइरेक्टर सुनोज कैनी, मिड भ्याली कलेजका बजार व्यवस्थापन प्रमुख देवेन्द्र तिमिल्सिना, शिक्षा पत्रकार मकर श्रेष्ठ, काठमाडौं मोडेल कलेजका गुणस्तर प्रत्यायन प्रमुख ध्रुवप्रसाद तिमिल्सिना, काठमाडौं भ्याली कलेजकी प्रिन्सिपल संगीता श्रेष्ठ, प्याब्सन टोखाका अध्यक्ष टंककुमार चापागाईं, हिसान बामगती प्रदेशका सचिव आन्नदकुमार यादव, हिसान काठमाडौंकी अध्यक्ष जेसिका चेमजोङ र पोखरा विश्वविद्यालयका उपप्राध्यापक प्रेम गुरुङलाई सम्मान पत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

प्रतियोगिताको निर्णायक मण्डलमा मोटीभेसनल स्पीकर राजन कोइराला, फिल्म लेखक विकास सुवेदी, सिनियर एयरहोस्टेस अस्मीता खनाल, मोडल सोनाम केसी, व्यवसायी तथा समाजसेवी अमित शर्मा, पर्यटन व्यवसायी संगिता रौनीयार, बयूटीसियन लसता शाक्य रहेका थिए ।

ताजा खबर

सम्बन्धित खबर