२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

‘कांग्रेस नीति र विधिबमोजिम अगाडि बढ्नुपर्छ’

Nada
सुर्य प्रकाश बुढा मगर
२०८१ असोज ६ गते २१:२६
Shares
‘कांग्रेस नीति र विधिबमोजिम अगाडि बढ्नुपर्छ’

रोल्पा : नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंङ पुनले नेपाली कांग्रेस नीति र विधि बमोजिम अगाडि बढ्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस परिवर्तन गाउँपालिकाले आयोजना गरेको पालिकास्तरीय प्रशिक्षण कार्यक्रमलाई आइतबार पुतलाचौरमा सम्बोधन गर्दै पुनले सो कुरा बताएका हुन् । 

ncell

प्रदेश सभापति पुनले भने, ‘प्रशिक्षण कार्यक्रमले के गर्नुपर्छ ?, हाम्रा नीति र विधि के रहेछन् ?, हामीले संगठनको र सदस्यको जिम्मेवारी पाउँदा र पाइसकेपछि के गर्नुपर्छ,संगठनलाई कसरी राम्रो गराउनु पर्छ र अहिलेको नेपाली कांग्रेसको समसामयिक कुराहरु बुझेर आगामी दिनमा संगठन राम्रो बनाउने कुराको प्रण गरेर जानुपर्छ ।’

पुनले नेपाली कांग्रेस रोल्पा क्षेत्र नं.२ भित्रका पालिकामा संगठनको लागि प्रशिक्षण कार्यक्रम आइतबार शुरु भएको समेत दाबी गरे । परिवर्तन गाउँपालिका, सुकिदह गाउँपालिका, माडी गाउँपालिका, त्रिवेणी गाउँपालिका र रुन्टिगढी गाउँपालिकामा नेपाली कांग्रेस पालिकास्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गरिएको पुनले बताए । प्रशिक्षण कार्यक्रमले आगामी दिनमा नेपाली कांग्रेसलाई पालिकास्तरमा संगठन विस्तार र चलायमान हुनेमा आफूले विश्वास लिएको पुनले बताए ।

uae

सम्बन्धित खबर