एजेन्सी : उत्तर कोरियाले अमेरिकाको नयाँ प्रतिवन्धका कारण परमाणु निश्शस्त्रीकरण प्रभावित हुने चेतावनी दिएको छ । तीन जना उत्तर कोरियाली अधिकारीहरुमाथि नयाँ प्रतिबन्धहरू लगाउने ट्रम्प प्रशासनको घोषणापछि प्योङयाङको यस्तो प्रतिक्रिया आएको हो । उत्तर कोरियाले अमेरिकी कदमको भत्र्सना गर्दै त्यसले परमाणु निश्शस्त्रीकरणस्थायी रूपमा प्रभावित हुने चेतावनी दिएको हो ।
उत्तर कोरियामा प्रेसमाथि प्रतिबन्ध लगाइएको, रेडियो संकेतहरू रोकिएको र विदेशी चलचित्र हेर्ने मानिसहरूलाई थुनिएको भन्दै अमेरिकाले नयाँ प्रतिवन्ध लगाएको थियो । त्यसको जवाफमा वक्तव्य निकाल्दै उत्तर कोरियाले यस्ता कदमले उत्तर कोरियालाई परमाणु कार्यक्रममा हेरफेर गर्न कुनै दबाव नदिने स्पष्ट पारेको छ ।
प्योङयाङले आफू अमेरिकी कदमका कारण 'स्तब्ध र क्रुद्ध' भएको प्रतिक्रिया दिएको छ। बक्तब्यमा अमेरिकी विदेश मन्त्रालय दुई देशबीचको सम्बन्धलाई पुरानै अवस्थामा फर्काउन उद्धत रहेको आरोप लगाइएको छ ।
सिङ्गापुरमा भएको किम ट्रम्प शिखर बैठकपछि उत्तर कोरियासँगको तनाव केही कम भएको अनुभव गरिए पनि त्यो स्थायी हुन सकेको छैन । ट्रम्पले केही दिन अघि अर्को वार्ताका लागि आफू नहतारिएको प्रतिक्रिया दिएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies