काठमाडाैं : फिल्म ‘बुलबुल’काे टिजरले दर्शकबाट सकारात्मक प्रतिक्रिया बटुलिरहेकाे छ । टिजर शुक्रबार हाइलाइट्स नेपालकाे युट्युब च्यानलबाट रिलिज गरिएकाे हाे । विनाेद पाैडेलद्वारा निर्देशित फिल्म आगामी फागुन ३ मा रिलिज हुँदैछ ।
स्वस्तिमा खडकालाई टेम्पो ड्राइभरको भूमिकामा अभिनय गराएर चर्चामा आएको फिल्म हाे याे । ४५ दिन अघि कलाकारहरूलाई सार्वजनिक स्थलमा नचाएर सार्वजनिक गरिएको बुलबुलको गीत पनि हिटकाे सूचीमा परिसकेकाे छ ।
स्वस्तिमा खडकाको हुलिया र अभिनयका कारण टिजरलाई रूचाइएकाे हाे । उनी र नवअभिनेता मुकुन भुषालबीचको छाेटाे संवाद टिजरमा समावेश गरिएकाे छ । छोटो दृश्यमै दुवै कलाकार आफ्नो अभिनय कौशल देखाउन सफल भएका छन् ।
‘बुलबुल’का कार्यकारी निर्माता रामराजा दाहाल हुन् भने छायांकन सुसन प्रजापतिले गरेका छन् । बुद्धि तामाङ, दीपक क्षेत्री, लक्ष्मी बर्देवा, एलिना कार्की, जोयश पाण्डे, उज्ज्वल अधिकारी, सृष्टि भट्टराई लगायतले पनि फिल्ममा अभिनय गरेका छन् ।
https://www.youtube.com/watch?time_continue=35&v=OdR_WL6yKic
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies