काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठकमा आजवाट राजनीतिक प्रतिवेदनमाथि छलफल शुरु हुँदैछ । शनिवारको बैठकमा पार्टी अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गरेको प्रतिवेदनमाथि छलफल शुरु हुन लागेको हो । साथै नेता बामदेव गौतमले पेश गरेको पुरक प्रतिवेदनका विषयमा पनि स्थायी समिति सदस्यहरुले धारणा राख्ने कार्यसूचि छ ।
दुई अध्यक्षको प्रतिवेदनमा सरकारले राम्रो काम गरिरहेको दावि र सरकार विरुद्ध सबैतिरवाट आक्रमण भएको दावि गरिएको छ । गौतमको प्रस्तावमा भने सरकारले राम्रो काम गर्न नसकेको उल्लेख गरिएको छ ।
बैठकमा पार्टी एकता अघि नबढेको, सरकारले प्रभावकारी काम गर्न नसकेको, विवादास्पद एसिया सम्मेलनमा पार्टीको नाम जोडिएको विषय पनि छलफलका एजेण्डका रुपमा रहेका छन् । पाँच महिनापछि नेकपाको स्थायी समिति बैठक शनिवारवाट शुरु भएको हो ।
पार्टीका महत्वपुर्ण निर्णयहरु स्थायी कमिटीवाट गर्नुपर्नेमा सचिवालयवाट हुने गरेको भन्दै नेकपाका नेताहरुले नेतृत्वको आलोचना गर्दै आएका छन् । यसअघि सचिवालयको बैठकले पार्टी तथा सरकारको बारेमा गरेका निर्णय पनि स्थायी कमिटीवाट अनुमोदन गराउने तयारी छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies