२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

बालेन समर्थक युवायुवतीहरू प्रहरी नियन्त्रणमा

Nada
२०८१ असोज १ गते १४:१६
Shares
बालेन समर्थक युवायुवतीहरू प्रहरी नियन्त्रणमा

काठमाडौं । वसन्तपुरमा इन्द्रजात्रा हेर्न बालेनको तस्विर र नाम प्रिन्ट गरिएको टिसर्ट लगाएर पुगेका युवायुवतीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ncell

बालेनको नामको टिसर्ट लगाएर आएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । जात्रामा सभ्य भएर मनाउनुपर्नेमा कोही–कसैको पक्षमा नाराबाजी हुल–हुज्जत गर्न नहुने भन्दै उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । 

बालेन समर्थक १३ जनालाई अहिले जनसेवा वृत्त परिसरमा राखिएको छ । उनीहरूलाई नियन्त्रणमा लिएको भन्दा पनि उनीहरूकै सुरक्षाका लागि प्रहरी परिसरमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

प्रधानमन्त्री ओलीको विरोध हुनसक्ने सम्भावनालाई ध्यान दिएर निगरानी बढाइएको प्रहरीले बताएको छ । ठूलो समूहमा पुगेका युवायुवतीहरूलाई प्रहरीले जात्रा भएकाे स्थलमा प्रवेश गर्न नदिएपछि अझ बढी विरोध हुने सक्ने बुझिएकाे छ ।

हरेक वर्ष इन्द्रजात्रामा वसन्तपुरमा विशेष समारोह आयोजना हुने गर्छ । यसको आतिथ्यता काठमाडौं महानगरपालिकाले गर्ने गरेको छ । राष्ट्रपतिको समेत उपस्थिति हुने समारोहमा गएको बर्ष बालेन मुख्य आकर्षण भएका थिए । तर यो बर्ष बालेन उपस्थित नहुने बुझिएको छ । 
 

ताजा खबर

सम्बन्धित खबर