२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

राजनीतिलाई लयमा ल्याउन एकीकृत समाजवादीले प्रयत्न जारी राख्नुपर्छ : भुसाल

Nada
लेखनाथ सिकारु
२०८१ भदौ ३० गते २२:०४
Shares
राजनीतिलाई लयमा ल्याउन एकीकृत समाजवादीले प्रयत्न जारी राख्नुपर्छ : भुसाल

काठमाडौं : नेकपा(एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेपाली राजनीतिलाई ठिक लयमा ल्याउनका  एकीकृत समाजवादीले प्रयत्न जारी राख्नुपर्ने बताएका छन् ।

ncell

असोज ४ गते आयोजना गर्न लागिएको सन्देश सभाको पूर्वतयारीका निम्ति पार्टीको बागमती प्रदेश कमिटीले केन्द्रीय कार्यालय आलोकनगर काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव भुसालले भने,‘हामीले नेपालमा दोस्रो जनआन्दोलनपछि जनतालाई आशा देखाएका थियौं । त्यो आशा पूरा गर्न बाँकी छ । क्रान्तिको झिल्को बाँकी राख्नुपर्छ ।’

समाज यसरी नै अघि बढ्न नसक्ने भन्दै भुसालले यो उकुसमुकुस यो सन्नाटाले कुनै पनि बेला कुनै पनि प्रकारको आन्दोलन हुुन्छ भन्ने देखिने बताए । 

त्यसको नेतृत्व हाम्रो पार्टीले नै गर्नुपर्ने उनको भनाइ छ । रोजगारीको सिर्जना र सुशासन कायम नहुँदा लोकतन्त्र ढल्ने खतरा रहने बताउँदै उनले भने,‘विश्वको इतिहासले पनि जुन देशमा रोजगारी छैन र सुशासन छैन त्यो देशको लोकतन्त्र ढल्छ ।’ 

उनले  नेपाली जनताले दिएको महत्वपूर्ण अवसरलाई केपी शर्मा ओलीले गुमाएको भन्दै राजनीतिलाई ठिक ठाउँमा ल्याउनका निम्ति एकीकृत समाजवादीले प्रयत्न जारी राख्नुपर्नेमा पनि जोड दिए । 

बागमती प्रदेश कमिटीकी अध्यक्ष तथा केन्द्रीय सचिव सावित्रा भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टी उपाध्यक्ष डा. गंगालाल तुलाधर, निर्वाचन आयोग अध्यक्ष माधव पौडेल, लेखा आयोग अध्यक्ष भरत श्रेष्ठ, पार्टीका पोलिटब्युरो सदस्यहरू, विभिन्न विभाग र जनवर्गीय संगठनका पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । 

uae

सम्बन्धित खबर