नुवाकोट : नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको घ्याङफेदीमा मिनिट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ । शुक्रबार साँझ शिखरबेशीबाट घ्याङफेदीतर्फ जाँदै गरेको बा ३ ख ३९१३ नम्बरको मिनीट्रक दुर्घटना हुँदा पन्ध्र पुरुष र तीन महिलाको घटनास्थलमै र थप एकको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।
घाइते १६ जनामध्ये केहीको शिक्षण अस्पताल, ग्राण्डी अस्पतालसहितका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार दुर्घटनाभएको मिनिट्रकका ४५ जनभन्दा धेरै चढेका थिए ।
सिम्टाङमा आफन्तको काजक्रियामा आएकाहरू घर फर्किने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । कच्ची सडकमा उकालोतर्फ जाँदै गरेको मिनिट्रक दुर्घटना हुँदा सडकबाट करिब पाँच सय मिटर तल तादी खोलामा पुगेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies