२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

गणतन्त्रपछि विकासका बहुआयामिक द्वार खुलेका छन् : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

Nada
२०८१ जेठ ३० गते १५:३७
Shares
गणतन्त्रपछि विकासका बहुआयामिक द्वार खुलेका छन् : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं : पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले मुलुकमा गणतन्त्र आएपछि विकासका बहुआयामिक द्वारहरु खुलेका बताएका छन् । गणतन्त्र दिवस–२०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस)द्वारा आयोजित ‘गणतन्त्रका उपलब्धि : समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रर्दशनीको आज अवलोकनपछि उनले पूर्वाधार विकास, जलविद्युत्लगायत क्षेत्रमा बहुआयामिक विकासका द्वार खुलेका बताए ।

ncell

“गणतन्त्र आएपछि केही पनि भएको छैन भन्ने जुन नकारात्मक भाष्य निर्माण भएको छ, त्यसलाई चिर्न प्रर्दशनमा राखिएका केही नमूना तस्बिरले महत्वपूर्ण सामग्रीका रुपमा काम गरेको छ”, पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भने, “गणतन्त्र आएपछि देशमा निरन्तर बहुआयामिक परिर्वतनका द्वारहरु खुलेका छन्, विकासका प्रयासहरु भएका छन्, कुनैमा नजिता प्राप्त भएको छ, कुनै निर्माणाधीन अवस्थामा छन् ।”

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले नेपालमा विकासको सम्भावना तथा विकास गर्न सकिन्छ भन्ने सन्देश तस्बिर प्रदर्शनीले स्पष्टरुपमा देखाएको बताए । उनले नेपाल विकासको चरणमा प्रवेश गरेको तस्बिरले देखाएको बताए । “राससले आयोजना गरेको ‘गणतन्त्रपछिको उपलब्धि : समृद्धिका लागि पूर्वाधार’ विषयक फोटो प्रदर्शनी निकै महत्वपूर्ण छ”, उनले भने, “यहाँका तस्बिर हेरेपछि नेपाल विकासको चरणमा छ भन्ने स्पष्ट हुन्छ ।”

ताजा खबर

सम्बन्धित खबर