२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

अनियमितता गरेको भन्दै क्यानमाथि छानबिन गर्न माग

Nada
२०८१ जेठ ३० गते १२:११
Shares
अनियमितता गरेको भन्दै क्यानमाथि छानबिन गर्न माग

काठमाडौं : नेकपा एमालेका सांसद भीम आचार्यले बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै क्यानका पदाधिकारीमाथि छानबिन गर्न माग गरेका छन् । टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा क्यानका पदाधिकारीले गरेका गलत काम गरेको भन्दै छानबिन गर्न माग गरेका हुन् ।  

ncell

आचार्यले नेपाली खेलाडीको टोलीमा सन्दीप लामिछानेलाई १५ जनाको टिममा सहभागी नगराएर भिसा पाउनबाट बञ्चित गराएको तथा सपोर्टिङ १० जनाको टोलीमा डाक्टर पठाउनुपर्नेमा एक जना महिलालाई राख्दा आईसीसीले अस्वीकार गरेको बताए । 

उनले ८० डलर पर्ने टिकट १३५ रुपैयाँमा क्यान नेतृत्वले बेचेको भन्दै क्यान नेतृत्वले आर्थिक अपचलन गरेको, नेपाललाई जिताउन नभइ हराउन भूमिका खेलेको र खेलाडीको शिर निहुराउने काम गरेको भनेर खेलाडीबाटै गुनासो आएको पनि बताए । 

त्यस्तै उनले खेलाडीलाई होटलमा उभ्याएको, जर्सी अमेरिका लगेर महँगोमा बेचेको गुनासो आएको तथा अमेरिकामा बस्ने नेपालीहरूसँग अवैधरूपमा चन्दा उठाएर क्यानको खातामा नराखेकोलगायतका अनियमितताका गुनासाहरू व्यापक आएको बताए । 

आचार्यले बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै क्यानका पदाधिकारीमाथि छानबिन गर्नुपर्ने र यस्ता गलत आचरण रोक्नुपर्ने मागसहित दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए । 


 

ताजा खबर

सम्बन्धित खबर