२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

पहिरोमा पुरिएर अरूण तेस्रो जलविद्युतका एक मजदुरको मृत्यु, दुई जना घाइते

Nada
२०८१ जेठ ३० गते १०:३९
Shares
पहिरोमा पुरिएर अरूण तेस्रो जलविद्युतका एक मजदुरको मृत्यु, दुई जना घाइते

खाँदबारी : संखुवासभाको  चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । 

ncell

मङ्गलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको तथा मकवानपुरका उमेश  कार्की र गोविन्द थारू घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरू निदाएका बेला पहिरो खसेको हो । जलविद्युत आयोजनाले कामदारका निम्ति निर्माण गरेका १४ वटा कोठामध्ये ३ वटा पुरिएका छन् ।

ताजा खबर

सम्बन्धित खबर