काठमाडौं : नेपाल एयरलाइन्सको वाइड बडी विमान खरिद प्रकरणमा छानविनका लागि सार्वजनिक लेखा समितिले सात सदस्यीय उप समिति गठन गरेको छ । आज बसेको समितिको बैठकले छानविन प्रकृया अगाडि बढाउन नेपाली कांग्रेसका सांसद राजन केसीको संयोजकत्वमा सात सदस्यीय छानविन उप समिति गठन भएको हो ।
उप समितिमा सांसदहरु कृष्णलाल महर्जन, चन्दा चौधरी, प्रदिप यादव, प्रेमबहादुर आले, धर्मशिला चापागाईं,मिना सुब्बा सदस्य छन् । उप समितिलाई छानविनका लागि १५ दिनको म्याद दिइएको छ ।
छानविन उप समितिको नेतृत्व सुरुमा सांसद हृदयेश त्रिपाठीलाई दिने तय थियो । तर, उनले बस्न अस्वीकार गरेपछि मिनेन्द्र रिजालको नाम अघि सारिएको थियो । उप समितिमा रिजालले पनि बस्न मानेनन्। त्यसपछिमात्रै केसीको नेतृत्वमा उप समिति गठन भएको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies